कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ बिश्वनाथ मन्दिर नजिक, धनगढी उपमहानगरपालिका–२ मसानटोल, धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर, भजनी–६ नवलपुर, भजनी–७ हिक्मतपुर र टीकापुर–९ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ९९ हजार ८६० बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ ।

भन्सार छलीको गम्छा, तौलिया, सारी, कुर्ती, सुट, टप्स, सेन्डो, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, ब्रोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Navadurga sun

यस्तै कञ्चनपुरको बेलौरी–१ फटैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य १५ हजार ८ सय बराबरको बोईलर कुखुरा र चिसो पेय पदार्थ प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...