वेदकोट नगरपालिकाले किसानलाई पावर टिलर हस्तान्तरण

Dadeldhura hospital

कञ्चनपुर, २० भदौ– कञ्चनपुरको वेदकोट नगरपालिकाले किसानलाई अनुदानमा पावर टिलर प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यूएनडीपी र स्वीट नेपालको ५० प्रतिशत लागत साझेदारीमा नगरपालिकाले आइतबार किसानलाई पावर टिलर हस्तान्तरण गरेको हो ।

नगर प्रमुख अशोककुमार चन्द र प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले संयुक्त रुपमा विभिन्न वडाका २० जना किसानलाई पावर टिलर हस्तान्तरण गरे । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यअनुसार किसानलाई अनुदानमा पावर टिलर हस्तान्तरण गरिएको नगर प्रमुख चन्दले बताए ।

Loading...