धनगढी- कैलालीको गौरीगंगामा एक जनाको घरमा आगलागी हुँदा तीन लाखको क्षति भएको छ ।


गौरीगंगा नगरपालिका–१ मंगलपुर बस्ने शेरबहादुर बिकको घरमा आगलागी भएको हो । बिकको घरको मिटर बक्समा चट्याङ पर्दा मिटर बक्सबाट आगोको झिल्का निस्केर आगलागी भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट बिकको तीन लाख बराबरको क्षति भएको जनाइएको छ ।

