अत्तरिया- कैलालीको गोदावरीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

बिहीवार गोदावरी नगरपालिका–१ र ४ स्थित हनुमान मन्दिर नजिकबाट बेवारिसे अवस्थामा छाडिएका सुट, साडी, धोती, ईलेक्ट्रोनिक सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त स्थानबाट प्रहरीले करिब १ लाख ३० हजार ६५० मूल्य बराबरका अवैध सामान बरामद गरि भन्सार कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ ।