नदीमा डुबेर एक बालकको मृत्यु

कञ्चनपुर २१ भादौ– कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नं. ११ अमरपुरस्थित सनवोरा नदीमा डुबेर आइतबार अन्दाजी १२ वर्षीय बालकको मृत्यु भएको हो।

कैलालीको चुरे गाउँपालिका वडा नं. ३ का १२ वर्षीय बालक दिलीप सुनारको कञ्चनपुर मामाघर गएका बेला डिलबाट चिप्लिएर नदीमा खसेका थिए। उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...