कैलालीमा सर्पले डसेर बालकको मृत्यु

कैलाली-  कैलालीमा सर्पले डसेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको डसाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा डसेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए। उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...