
धनगढी- कैलालीमा एक जनाको घरमा आगलागी हुँदा तीन लाखको क्षति भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुङगेवजार बस्ने भीम बहादुर पोख्रेलको दुई तले कच्चीघरमा शनिवार । आगलागी भएको प्रहरीले जनाएको छ ।


बिद्युतको तार सर्ट भई आगलागी हुँदा पोख्रेलको घर भित्र रहेको ११ आना सुन, लुगाकपडा, अन्न, फर्निचर लगायतका सामानहरू जलेर ३ लाख ५ हजार बराबरको क्षति भएको जनाइएको छ ।
