दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका-५ सौकेबगडमा टिप्परको ठक्करबाट स्थानीय ५५ वर्षीय हरसिंह ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाडको सौकेबगडबाट होपरीगाड गइरहेको बा। ३ च। २३९९ नम्बरको टिप्परले आइतबार दिउँसो ठक्कर दिँदा ऐरीको घटना स्थलमै मृत्यु भएको हो ।

टिप्पर चालक संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ७ का २४ वर्षीय सुरज तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक छत बहादुर रावतले बताए। घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Loading...