साना किसान कृषि सहकारी श्रीपुरको वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरले २८ औं साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष केशवराज बिनाडीको सभापतित्वमा शुक्रबार एक समारोहका बिच सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाको प्रमुख आतिथ्यतामा २८ औं वार्षिक उत्सव सम्पन्न गरेको हो ।

वार्षिक उत्सव समारोहमा संस्थाको अन्तर समूहका अध्यक्षहरु, विभिन्न समितिका प्रमुख तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बढी बचत गर्ने सदस्यहरु, सर्वाधिक शेयर लगानिकर्ता, ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो भने अन्तर समूहका अध्यक्षहरुलाई समूहमा आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको थियो ।

Loading...