कोरोना संक्रमितले दाङमा एक जना महिलाको मृत्यु





दाङ, १९ भदाै– दाङमा काेराेना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका वडा नं. ९ निवासी २४ वर्षीय एक जना महिलाको आज शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।


कोरोना सङ्क्रमण भएपछि उनी भदौ १० गतेदेखि अस्पतालमा उपचाररत थिइन् । साथै उनलाई निमोनियासँगै श्वासप्रश्वासको समेत समस्या रहेको थियो । त्यसैबिच हाल अस्पतालमा सात जना कोरोना संक्रमित उपचाररत रहेको व्यवस्थापक वलीले बताए ।



