



बाजुरा- बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुरतोला वस्ने दिल्लीबहादुर रावतको छोरा ८ वर्षीय बिजय रावतको मृत्यु भएको हो ।


बालकलाई सोही ठाउँको सेली घर देखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी छानोदेखि अन्दाजी १५० मिटर टाढा बालकलाई छोडी बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

