नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत

धनगढी- नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत गरिएको छ । नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो । तर, शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि विरोध थालिएको हो ।

कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर लगायतका क्षेत्रहरूमा पत्रकार महासङ्घको आयोजनामा विरोध हुँदैछन् । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघलाई संघ स्थापना भएको दिनलाई आधार मान्दै महासङ्घले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।

पत्रकार महासङ्घले यसअघि तय गरिएका कार्यक्रम रद्द गरेर विरोध सभा आयोजना गरिएको छ । पत्रकारको हत्या तथा सञ्चारमाध्यममा गरिएको आगजनी तथा तोडफोडको विरुद्ध विरोध सभाको आयोजना गरिएको हो ।

काठमाडौँमा शुक्रवार भएको राजावादीको आन्दोलनका क्रममा भएको आगलागीमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । विभिन्न सञ्चार माध्यमहरूमा तोडफोड तथा आगलागी गरिएको छ ।  

Loading...