

धनगढी- कैलालीको ३ स्थानमा आगलागी भएको छ । जिल्लाको गोदावरी नगरपालिका–९ धनचौरी बस्ने गणेश बलायरकोे गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।




उक्त आगलागीबाट बलायरको गोठमा रहेका दुई वटा बाख्रा मरेका छन्, भने तीन वटा बाख्रा जलेर घाइते भएका छन् । आगलागीबाट करिब ८० हजार बराबरको क्षति भएको जनाइएको छ ।


त्यस्तै, धनगढी उपमहानगरपालिका–३ मा विवेक भट्टले सञ्चालन गरेको विवेक फिड इन्ड्रष्ट्रिज प्रालिको पानी बोइलर मसिनमा शुक्रवार एक्कासि आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कैलालीको भजनी नगरपालिका–७ पृथ्विपुर गौडी बस्ने मटरु यादवको कच्ची भान्साबाट हावाको कारणले नजिकै रहेका अन्य ५ वटा कच्ची गोठहरूमा आगलागी भएको प्रहरीले जनाएको छ ।

