सुदूरपश्चिम प्रदेशको प्रमुख प्रवेशद्वारका रूपमा रहेको अत्तरिया चोकले पायो नयाँ स्वरूप

अत्तरिया- सुदूरपश्चिम प्रदेशको प्रमुख प्रवेशद्वारका रूपमा रहेको अत्तरिया चोकले नयाँ स्वरूप पाएको छ । दैनिक हजारौँ मानिसको आवतजावत हुने यो चोकलाई थप आकर्षक बनाउन गोदावरी नगरपालिकाले विभिन्न योजनाहरू कार्यान्वयन गरेको हो ।

अत्तरिया चोकमा हाईमास्ट लाईट सँगै ४० ओटा पोलहरुमा रङ्गीविरङ्गी बत्ती जडान गरिएसँगै अत्तरिया बजारको मुख्य चौराहा क्षेत्रका सडक बत्तीले रातको समयमा झिलीमिली बनेको छ ।

चौराहाको पार्कमा लगाईएका खम्बामा स्ट्रिप लाइट (सेतो, नीलो र रातो) रङको बत्ती एकसाथ बल्न थालेसँगै अत्तरिया बजारको सुन्दरता बढाएको हो । नगरपालिकाले पछिल्ला दुई वर्षदेखि चोकलाई व्यवस्थित र रमणीय बनाउन थुप्रै सुधारहरू गरिसकेको छ । अनियन्त्रित रूपमा टाँसिएका विज्ञापन बोर्ड तथा पम्प्लेट हटाउने, नियमित सरसफाई गर्ने, विभिन्न प्रजातिका पुष्पवृक्ष रोप्ने, वाटर फाउन्टेन निर्माण गर्ने र हाईमास्ट लाइट जडान सँगै रातको समयमा रङ्गीचङ्गी देखिने गरी बत्ती जडान गर्ने काम सम्पन्न भएको छ ।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका अनुसार अत्तरिया चोक सुदूरपश्चिमको महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट भएकाले यसको सौन्दर्यकरणलाई प्राथमिकता दिइएको छ । उनले नगर क्षेत्रका ६ लेन सडकमा तार जाली लगाउने कार्य सम्पन्न भै सकेको त सडक बत्तीको काम यही आर्थिक बर्षका सम्पन्न हुने बताएका छन ।

त्यसैगरी नेपाली कांग्रेस कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकाया ललितले अत्तरिया चोकको सौन्दर्यकरणका लागि नगरपालिकाले रंगीचंगी सजावट गरेको गरेको प्रति धन्यवाद ज्ञापन गरेका छन । गोदावरी नगरपालिका अब चोकमा सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, धार्मिक र पर्यटकीय महत्व झल्काउने तस्बिरहरू राख्ने योजना राख्न समेत सुझाव दिएका छन ।

त्यसैगरी गोदावरी नगरपालिकाका नगरप्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टका अनुसार हामी पालिका भरी विकास निर्माण र सौन्दर्यकरणका लागि निरन्तर प्रयासहरू गर्दै गरेको र अत्तरिया चोकको सौन्दर्यकरणले अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाएको बताएका छन ।

Loading...