

अत्तरिया- कैलालीकाे चुरे गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


गाउँपालिकामा सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाको आयोजनामा चुरे गाउँपालिका भित्र पर्ने ६ वटै वडाहरूमा उक्त कार्यक्रम सुरु भएको हो ।




जस अन्तर्गत चुरे गाउँपालिका वडा नम्बर ५ को खानीडाँडाबाट उक्त कार्यक्रम उदघाटन भएर चुरे गाउँपालिका वडा नम्बर ४ को गर्भादरबारमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका एम आइ एस अपडेटर विशाल साउद, शाखाकै फिल्ड सहायक सुरज परियारले प्रशिक्षण दिनु भएको थियो ।

