प्रदेश सरकारको लगानीमा बन्दै गरेको तीन सडकको पुल निर्माणको कार्य सुस्त

अत्तरिया- कैलालीमा प्रदेश सरकारको लगानीमा बन्दै गरेको तीन सडकको पुल निर्माणको कार्य सुस्त बनेको छ । सुर्मिनाला पुल, चौमाला पुरानो बजार नदी पुल र अण्डैया जाने बाटोमा पर्ने कटैनी नदीमा बनिरहेको सडक पुल निर्माणको कार्य सुस्त भएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का भइ निर्माण कार्य अगाडि बढाइएका पुलको भौतिक प्रगति आधामात्रै भएका छन् । बहुवर्षीय आयोजनाका यी पुलहरुको भौतिक प्रगति सन्तोषजनक नदेखिएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ।
कैलारी गाउँपालिका–३ सुर्मी नालामा बनिरहेको सडक पुलको दुई पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा भएको छैन । २६ मिटर सो पुलको चार करोड ९६ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण कम्पनीले तीन करोड ६१ लाख रुपियाँ भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यस पुल निर्माणका लागि आर्थिक वर्ष २०७६-७७ मा धनगढीकै थेगिम कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो। २०७८ पुस १८ मा निर्माण कार्य पूरा भइसक्नु पर्ने पुल दुई पटक म्याद थप गर्दा पनि अझै अधुरै छ ।

त्यस्तै गौरीगङ्गा नगरपालिका–१ र २ जोड्ने चौमाला पुरानो बजार नदीमा बनिरहेको पुलको भौतिक प्रगति ५० प्रतिशतमात्रै पुगेको छ । सात करोड २३ लाख ८० हजार रुपियाँ लागतमा यो पुल बन्दै छ ।

वाइपी कन्स्ट्रक्सनले यो पुल बनाउने जिम्मा पाएको छ । निर्माण कम्पनीले हालसम्म दुई करोड तीन लाख ४० हजार रुपियाँ भुक्तानी लिइसकेको जनाइएको छ । यो पुल निर्माणमा १२ करोड ७३ लाख ६८ हजार रुपियाँ लागत अनुमान गरिएको थियो । यसैगरी, गौरीगङ्गा नगरपालिका–५ र ९ जोड्ने अण्डैया जाने बाटोमा पर्ने कटैनी नदीमा बनिरहेको पुलको भौतिक प्रगति ६० प्रतिशतमात्रै पुगेको छ । यो पुल निर्माणको ठेक्का पनि वाइपी कन्स्ट्रक्सनले पाएको छ ।

आठ करोड ९५ लाख ८२ हजार लागत अनुमान गरिएको पुलको ठेक्का पाँच करोड २८ लाख रुपियाँमा भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर विनोद खड्काले बताए । यो पुल निर्माणमा हालसम्म तीन करोड ७९ लाख ५४ हजार रुपियाँ बजेट खर्च भइसकेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

Loading...