

दार्चुला- सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव–२०८१ यही चैत्र १५ देखि २५ गतेसम्म सञ्चालन हुन भएको छ ।




महोत्सवको तीब्र तयारी भइरहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिंह थापाले बताए । जिल्ला सदरमुकाम खंलगामा सञ्चालन हुने महोत्सवको लागी अहिले स्टल लगायत मञ्च निर्माणको सामान महोत्सव सञ्चालन स्थलमा आइसकेको उनले बताए ।


१० दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय कला संस्कृति, प्रदर्शनीका साथै कृषि मेला समेत सञ्चालन गरिने छ ।

