बझाङमा करणीको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

बझाङ- बझाङमा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

थलरा गाउँपालिका–४ बस्ने १६ वर्षीया किशोरीलाई  करणी गरेको आरोपमा सोही ठाउँ बस्ने ६० वर्षीय वृद्ध गम्भिरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

किशोरीले आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा जबरजस्ती करणी गरेको आरोपमा शुक्रवार प्रहरीमा जाहेरी दिएकी थिइन् ।

शुक्रवार नै सार्कीलाई अस्थाई प्रहरी पोष्ट बगडाबाट प्रहरी बरिष्ठ हवल्दार डम्बरबहादुर ढाँटको कामाण्डमा प्रहरी टोली खटिई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Loading...