

धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।




जिल्लाको विभिन्न स्थान भजनी नगरपालिका–८ सरदारचोक, कैलारी गउँपालिका–३ मोहनपुर र जोशीपुर गाउँपालिका–१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३३ हजार ३५० बराबरको सामान बरामद गरिएको हो ।


भन्सार छलीका पेय पदार्थ, सुटपिस, कुर्ती, मेक्सि कपडा, चप्पल, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

