कञ्चनपुरको एक गोठमा आगलागी हुँदा २ लाख बराबरको क्षति

कञ्चनपुर- कञ्चनपुरको एक गोठमा आगलागी भएको छ ।

जिल्लाको दोधरा–चाँदनी नगरपालिका–९ सिर्जना टोल बस्ने महेश प्रसाद जोशीको गोठमा मंगलवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जोशीको गोठ पूर्णरूपमा जलेर करिब २ लाख बराबरको क्षति भएको जनाइएको छ ।

Loading...