बेदकोट नगरपालिका स्वास्थ्य शाखाको नगरपालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम शुरु

कञ्चनपुर, १७ भदौ- कञ्चनपुरको बेदकोट नगरपालिकाले वर्ष भरि भए गरेको स्वास्थ्य कार्यक्रमहरुको नगरपालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम शुरु गरेको छ । बेदकोट नगरपालिकाले भदौं १७ र १८ गते गरी दुई दिने कार्यक्रम तय गरिएको हो ।

त्यस्तै आज पहिलो दिन भएको कार्यक्रममा वर्ष भरि वेदकोट नगरपालिकाका १० वडाले दिएको सेवा सुविधा र सेवा सुविधा दिदा आई परेका समस्या बारे छलफलहरु गरिएका छन् । नगरपालिका भित्र रहेका आधारभुत स्वास्थ्य संस्थाहरुले हाल गर्भको बच्चा देखि लिएर वृद्धवृद्धा सम्मलाई स्वास्थ्य सेवा दिदै आईरहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जस अन्र्तगत बच्चा गर्भमै हुदाँ गर्भवती महिलाहरुलाई चाहिने भिटामिन, आइरन चक्की समय समयमा दिनु पर्ने विभिन्न खाले खोप समेत दिदै आइरहेको छ ।

त्यसैगरी विभिन्न रोगको परीक्षण गर्ने समान्य दवाई दिने र चोट पटक लागेमा मलम पट्टी लगाउनुको साथै २४ सैं घण्टा सेवा समेत दिदैं आई रहेका छन् । यसरी सेवा दिदा दिदैं पनि समय समयमा केही सरकारी पक्षबाट सेवा सुविधामा कटौति गर्नुे र समयमै औषधी र उपचारका समाग्री उपलब्ध नगराउदा स्वास्थ्यकर्मीले सेवाग्राहीबाट अपहेलना बेहोर्नु पर्ने स्वास्थ्य कार्यक्रममा कार्यक्रम प्रस्तोताले बताएका छन् ।

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम राज पन्तको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख अशोक चन्द रहनु भएको थियो ।

त्यस्तै कार्यक्रम संचालन स्वास्थ्य संयोजक हरीशा पाल र उप-संयोजक शिद्ध राज भट्टले सञ्चालन गरेको कार्यक्रममा बेदकोट नगरपालिकाका १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिती समेत रहेको थियो ।

Loading...