अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया- कैलालीको अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी गएराति ११ः४५ बजे सुदूरपश्चिम प्रदेश ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा १२ः१० बजे मृत्यु भएको जानकारी दिए ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् ।

Loading...