

धनगढी- कैलालीको भासु भीरमा कार दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।




जिल्लाको चुरे गाउँपालिका–५ मा पर्ने भासु भीरमा आइतबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।दुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका–२ की २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ । उनको अत्तरियामा उपचार भइरहेको छ ।


कार चालक गोदावरी नगरपालिका–२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहित कारमा सवार अन्य तीन जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

