दार्चुलाको एक घरमा आगलागी

दार्चुला- दार्चुलाको एक घरमा आगलागी भएको छ । शैल्यशिखर नगरपालिका–४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको आगोबाट बुधवार आगलागी भएको हो ।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खाद्यान्न, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी मूल्य ८ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Loading...