रानाथारु समाजको होरी मिलन कार्यक्रम सम्पन्न

धनगढी- निसर्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै धनगढी ७, देबहरीयामा आयोजित रानाथारु समाजको होरी मिलन कार्यक्रममा मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको छ ।

उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो, जसले रानाथारु समुदाय बीच आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकताको सन्देश प्रवाह गर्यो ।

Navadurga sun

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष माननीय डा. जीवन राना तथा विशिष्ट अतिथिको रूपमा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तको उपस्थिति रहेको थियो।

निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त सामाजिक कार्यमा सधैं अग्रसर रहँदै आएका छन् । स्वास्थ्य क्षेत्रमा मात्र नभई विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा पनि उनको योगदान अतुलनीय छ । उनले यस कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रानाथारु समुदायका सदस्यहरूलाई होरी पर्वको शुभकामना दिँदै यस पर्वलाई आपसी सद्भाव, प्रेम र एकताको प्रतीकका रूपमा मनाउन प्रेरित गरे ।

उनले भने, “निसर्ग हस्पिटलले सधैं समुदायका स्वास्थ्य तथा सामाजिक उत्थानका लागि योगदान दिँदै आएको छ । यस्तो सांस्कृतिक कार्यक्रममा हाम्रो सहयोग हुनु गर्वको विषय हो ।” अध्यक्ष पन्तको नेतृत्वमा निसर्ग हस्पिटलले विभिन्न निःशुल्क स्वास्थ्य शिविर, सचेतना कार्यक्रम तथा सामाजिक सेवा अभियान सञ्चालन गर्दै आएको छ ।

निसर्ग हस्पिटल केवल आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने मात्र होइन, समाजका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संस्थाका रूपमा उभिएको छ । अध्यक्ष पन्तको दृढ नेतृत्व र समर्पणले अस्पताललाई सामाजिक उत्तरदायित्व बहन गर्ने अग्रणी संस्थाका रूपमा स्थापित गरेको छ ।

सांस्कृतिक पहिचान जगेर्ना गर्दै सामाजिक एकता प्रवद्र्धन गर्न योगदान पु¥याएकोमा आयोजक र निसर्ग हस्पिटल दुवैलाई रानाथारु समुदायले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...