

अत्तरिया- कैलालीको गोदावरीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।




पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका वडा नम्बर-२ बस्ने २१ वर्षीय सागर ठगुन्ना, बझाङ घरभई हाल गोदावरी-२ बस्ने ३५ वर्षीय अनु मल्ल,बाँके घरभई हाल गोदावरी-२ बस्ने २५ वर्षीय टुईङकल शाह र गोदावरी नगरपालिका-७ हरैया बस्ने ३२ वर्षीय बिरू शाह रहेका छन् ।


उनीहरुको साथबाट इलाका प्रहरी कार्यालयको टोलीले ३ ग्राम ६३० मिलिग्राम लागूऔषध बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

