धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी- धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ रानामार्ग स्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र वोहराले जानकारी दिए । उनका अनुसार ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...