

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरमा रहेको एपेक्स एकेडमी को १५ औ वार्षिकउत्सव मनाएको छ ।


कार्यक्रम विद्यालयका अध्यक्ष मदन शर्मा को सभापतित्वमा भएको कार्यक्रममा गोदावरी नगरपालिका ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लको प्रमुख आतिथी रहेका थिए ।




यस विद्यालयले समाजमा रचनात्मक काम गर्दै आएको छ । विद्यार्थीलाई कृषिसंगै प्रविधियुक्त बनाउनुका लागि बिदामा तरकारी र फलफूलका बीउ दिन सुरु गरेको हो । विद्यार्थीलाई पढाईका साथै कृषि तथा प्रविधिमा जोड दिनलाई यस्तो गरिएको विद्यालयका प्रिन्सिपल समिर महराले बताए । कक्षा नौ सम्म पढाई हुने विद्यालयमा ४ सय जना विद्यार्थीहरु रहेका छन् ।
कार्यक्रममा विद्यालयमा सञ्चालित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरेको थियो ।
त्यस्तै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

