गोदावरी १० द्वारा युवा क्लबहरूलाई खेलकुद सामग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० ले खेलकुद सामग्री वितरण गरेको छ । वडाले आइतवार एक कार्यक्रमको आयोजना गरी आफ्नो वडा भित्र रहेका ७ वटा युवा क्लबहरूलाई खेलकुद सामग्रीहरू वितरण गरेको हो ।

 वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले युवा तथा बालबालिकाहरूको खेल क्षेत्रको विकासका लागि खेलकुद सामग्री प्रदान गरिएको बताए । अहिले विश्वका कतिपय देशहरू खेलकुदकै माध्यमबाट चिनिएको उनले बताए ।

Navadurga sun

उनले भने हाम्रो वडामा रहेका प्रतिभावान् युवाहरूले पनि खेलकुदलाई आफ्नो प्यासनका रूपमा अगाडि बढाउन भन्ने हाम्रो चाहना छ, त्यसका लागि नै हामीले सामग्री सहयोग गरेका हौ ।’ उनले वडाका तर्फबाट प्रत्येक वर्ष युवा क्लब तथा बालक्लबहरुलाई खेलकुदका सामग्रीहरू वितरण गर्दै आइरहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...