पहिरोमा पुरिएर भारतमा नेपाली मजदुरको मृत्यु, ५ घाइते

दार्चुला । भारत उत्तराखण्ड पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत नजाङमा पहिरोले पुरिएर एक नेपाली मजदुरको मुत्यु भएको छ । पहिरोमा तीन नेपाली मजदुरसहित दुई भारतीय नागरिक घाइते भएका छन् । शनिबार दिउँसो पहिरोमा पुरिएर नौगाड गाउँपालिका–६ धुलिगडाका सन्तोषसिंह ठगुन्नाको मृत्यु भएको हो ।

घाइते हुनेमा दार्चुलाको नौगाड–६ का गणेश सिंह ठगुन्ना, वीरेन्द्रसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम गर्ने मजदुर हुन् ।

पसलमा बसिरहेको अवस्थामा माथिबाट पहिरो झरेको थियो । पहिरोमा फसेका उनीहरुलाई सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्‍याएको धारचुला थाना प्रभारी वीजेन्द्र शाहले जानकारी दिए ।

 

Loading...