

धनगढी- कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।




धनगढी उपमहानगरपालिका–७ बेली, भजनी नगरपालिका–७ सिराधानी सिबीर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५२ हजार ७ सय बराबरको सामान बरामद गरिएको हो ।


भन्सार छलीका चनि, सुर्ती, गुड्खा, प्लाष्टिक, साईकल, रातो/पहेलो रङ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

