बुवा–छोरीको एकै चिहानमा अन्तेष्टी

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–६ निसिलका मोहन बोहरा र उनकी छोरी निर्मला बोहराको एकै चिहानमा अन्तेष्टी गरिएको छ । जिल्लाको महाकाली नगरपालिका ६ निसिल स्थायी घर भएका बोहरा त्रिवेणी भन्सार कार्यालय, नवलपरासीमा कार्यरत थिए ।

यही फागुन १३ गते बोहराको हृदयघातका कारण मृत्यु भएको थियो भने १५ गते उनकै छोरी निर्मला बोहराको कञ्चनपुरमा सवारी दुर्घटनामा परेर ज्यान गएको थियो ।

निर्मला र उनका भाई पढाइको सिलसिलामा महेन्द्रनगरमा कोठा भाडामा लिइ बस्दै आएका थिए । निर्मला बुबाको अन्तिम अनुहार हेरेर कञ्चनपुरबाट फर्किंदै थिइन ।

बिहीवार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले उनी सवार म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा निर्मलाको घटनास्थलमै मृत्यु भएको थियो ।

बुवा र छोरी दुवैको पार्थिव शरीर कञ्चनपुरमा एउटै चिहानमा अन्त्येष्टि गरिएको मृत्तक बोहराका आफन्त नविन धामीले बताए । 

Loading...