राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलाडीलाई गोदावरी नगरपालिकाद्वारा बिदाई

अत्तरिया- राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई कैलालीको गोदावरी नगरपालिकाले बिदाई गरेको छ ।

गत मशिर १८ गते देखि २१ गते गोदावरीको दुर्गाभवानी माबि हरैयामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमा बाट छनौट भएका विभिन्न विधामा छ्नोट भएका खेलाडीहरुलाई आज एक अनौपचारिक कार्यक्रमबाट जर्सी र पालिकाको लोगो अंकित ब्यानर, राष्ट्रिय झण्डा संयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको हो ।

घोडाघोडी नगरपालिकामा आज देखि १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ । आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका ११२ जना खेलाडीहरु सहभागि हुँदै छन् । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स खेल खेलाइने जनाइएको छ ।

Loading...