कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

अत्तरिया- कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक, भजनी नगरपालिका–५ पुलीयापुर, कैलारी गाउँपालिका–३ शिवरत्नपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ६९ हजार २ सय बराबरको सामान बरामद गरिएको हो ।

भन्सार छलीका चिनि, बिडी, सिद्रा माछा, प्लाष्टिकको कुर्सी, साईकल, बच्चाको खेलौना लगायत श्रृंगारका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Loading...