दार्चुला घटनाको छानबिन समितिले बुझायो प्रतिवेदन, छानविन समितिका संयोजक जनार्दन गौतम





काठमाडौं, १५ भदौ– दार्चुलाको ब्यास गाउँपालिका वडा नं. २ स्थित महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।


महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका वडा नं. २ का धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो। प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।
सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।



