दार्चुलाका देवसिंह २२ वर्षपछि फर्के घर

Dadeldhura hospital

दार्चुला । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर फर्केका छन् । ०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन् ।

देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर भारत पसेका थिए ।माओवादीले मरिसक्यो भनेर छोडेका देव चौलानी नदी पार गरी बैतडी हुँदै भारत पुगेको बताउँछन् । यो अवधिमा भारतको सिमलाको विभिन्न गाउँमा लुकेर बसेको धामीले बताए ।

Navadurga sun
Godawari sandesh
Loading...