अत्तरियाको सक्षम पाठशालाले मनायो १० औँ वार्षिकोत्सव 

अत्तरिया- कैलालीकाे अत्तरियामा अवस्थित सक्षम पाठशालाले आफ्नो १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । छोटो समयमा नै फरक पहिचान बनाउन सफल यस विद्यालयले गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष विद्यार्थी उत्पादन गर्दै आएको छ ।

Navadurga sun

२०७१ सालमा १३० विद्यार्थीबाट सुरु भएको सक्षम पाठशाला हाल ६०० विद्यार्थीहरु रहेका छन्। नर्सरीदेखि कक्षा ८ सम्मको अध्ययन-अध्यापन सञ्चालन गर्दै आएको यस विद्यालयले प्रविधि र आधुनिक शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको छ ।

वार्षिकोत्सव समारोहमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न प्रस्तुति प्रदर्शन गरी आ–आफ्ना प्रतिभाहरू देखाएका थिए । साथै, विभिन्न खेलकुद तथा अन्य शैक्षिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

विद्यालयका अध्यक्ष भुवन बहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिमा प्याब्सन केन्द्रीय उपाध्यक्ष जगबीर थापा, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रमुख डा. नरेन्द्र ऐर, उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू तथा स्थानीय समाजसेवी, शिक्षक, अभिभावक र बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयका प्रिन्सिपल तर्कराज भट्टराईले शिक्षाको गुणस्तर अभिवृद्धिमा विद्यालयले विशेष ध्यान दिइरहेको उल्लेख गरेका छन् । उनले भने, प्रविधिमैत्री शिक्षा प्रणालीलाई प्राथमिकता दिँदै विद्यार्थीलाई २१ औँ शताब्दीका आवश्यकतासँग मेल खाने शिक्षा प्रदान गरिरहेका छौं । 

ADD Khali jpg
ADD Khali jpg
Loading...