

दार्चुला- दार्चुलाको मार्मामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्याश गरिएको छ ।




दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको शनिबार शिलान्यास भएको हो । मार्मा गाउँपालिका-२ लाम्बगरमा रहेको जलविद्युत्को ड्याम क्षेत्रमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।


जलविद्युत्आ योजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ । ३ वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले जानकारी दिए । शेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।
शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र विक्रमसिंह धामीसमेत सहभागी थिए ।

