कैलालीमा पानीमा डुबेर बालकको मृत्यु

धनगढी । कैलालीको गोदावरीका एक बालकको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको मृत्यु भएको हो।

आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको पानीले भरिएको खाल्डोमा डुबेर बालक घाइते भएका थिए। घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...