सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

बैतडी- प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट बैतडीमा हुने भएकाे छ ।

यही फागुन ११ गतेदेखि सुरू हुने प्रतियोगिताका खेलहरू बैतडीको दशरथचन्द नगरपालिका-५ सुन्दरखालीमा रहेकाे दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनु भयो ।

आठ टाेली सहभागी हुने प्रतियोगिताका खेलहरू प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् । प्लेट च्याम्पियनसिपका खेलहरू फागुन ११ गतेदेखि र फागुन १४ गतेदेखि एलाइट कप सञ्चालन हुनेछ ।

प्लेट च्याम्पियन सिपकाे उद्‌घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्नेछन् । साेही दिन हुने अर्काे खेलमा डडेल्धुरा र डाेटी खेल्नेछन् । फागुन १२ गते पहिलाे खेलमा दार्चुला र डाेटी भिड्दा दाेस्राेमा डडेल्धुरा र बझाङ आमनेसामने हुनेछन् ।

फागुन १३ गते हुने पहिलाे खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दाेस्राेमा बझाङ र डाेटी बीच भिडन्त हुनेछ ।

प्लेट च्याम्पियन  सिपकाे च्याम्पियन टाेली एलाइट कपका लागि छनाैट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयो । फागुन १४ गते हुने एलाइट कपकाे उद्‌घाटन खेलमा बैतडी र अछाम भिड्नेछन् ।

फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर , फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन ,फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्नेछन् ।

फागुन २४ गते प्रतियोगिताकाे शिर्ष दुई टाेली बीच फाइनल भिडन्त हुनेछ । प्रदेशस्तरीय छनाैट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टाेली तयार गरिनेछ ।

Loading...