कृष्णपुर-४ को समैजी माविमा दुई तले पक्की ४ कोठे भवनको शिलान्यास

अत्तरिया- कृष्णपुर-४ समैजी माध्यमिक विद्यालयमा दुई तले पक्की ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले भवनको शिलान्यास गरेका हुन ।

४ कोठे भवनको शिलान्यास कार्यक्रममा कृष्णपुर-४ सहारानगरका वडा अध्यक्ष धर्म बहादुर सिह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्योति राना, प्रधानाध्यापक सन्दिप ओझा र अन्य स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो ।

Navadurga sun

नगर प्रमुख हेम राज ओझाले यस अवसरमा शिक्षा क्षेत्रमा गरेको योगदानको महत्त्व र भविष्यमा यस विद्यालयको शैक्षिक स्तरीयता सुधार ल्याउने कुरामा जोड दिएका थिए । उनले यस भवनको शिलान्यासले विद्यार्थीहरूको शिक्षा र सिकाइको वातावरणलाई अझै सुदृढ बनाउने अपेक्षा व्यक्त गरे।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष ज्योति रानाले पनि भवन शिलान्यासका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै यस सुविधा शिक्षाको गुणस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन् ।

प्रधानाध्यापक सन्दिप ओझाले नयाँ भवनमा राम्रो शिक्षण सामग्री र सुविधासँग विद्यार्थीहरूको भविष्य उज्जवल बनाउनका लागि योजना बनाई रहेको बताए । साथै, स्थानीय अभिभावकहरूले पनि यस प्रकारका योजनामा सक्रिय योगदान दिने प्रतिवद्धता जनाएका थिए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...