प्याब्सन सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन, सचिवमा भट्टराई

अत्तरिया- निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत रूपमा चयन भएको कार्यसमितिको नेतृत्व चन्द्रबहादुर चन्दले गरेका थिए । सचिव पदमा सक्षम पाठशालाका प्रिन्सिपल तर्कराज भट्टराई निर्वाचित हुनु भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अध्यक्ष चन्द्रबहादुर चन्द, वरिष्ठ उपाध्यक्ष समरजंग बहादुर चन्द, उपाध्यक्षहरूमा केशव दत्त भट्ट, डम्बर बहादुर सोडारी, सचिवमा तर्कराज भट्टराई, कोषाध्यक्षमा भवानसिंह बिष्ट, सहसचिवमा प्रेमवल्लभ भट्ट, सहकोषाध्यक्षमा विक्रम कुमार शर्मा रहेका छन् । त्यस्तै सदस्यहरूमा गोपाल शर्मा गौतम, भवानी प्रसाद भाट, लाल प्रसाद घिमिरे, वासुदेव भट्ट, हेमन्त कुमार बस्नेत सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनमा प्याब्सन सुदूरपश्चिमको आगामी कार्यदिशा, निजी विद्यालयको गुणस्तरीय शिक्षामा सुधार, नीतिगत सुधार, तथा संघीय संरचनामा निजी विद्यालयहरूको भूमिका बारे छलफल गरिएको थियो । नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर चन्दले निजी विद्यालयहरूका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नयाँ कार्यसमितिले सुदूरपश्चिम प्रदेशमा निजी विद्यालयहरूको सशक्त संगठन निर्माणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

कैलालीको धनगढीमा आयोजित अधिवेशनका प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री रमेश लेखक रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Loading...