

धनगढी- शिक्षा क्षेत्रमा योगदान पुर्याउने पाँच जना व्यक्तित्वलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिले सम्मान गरेको छ ।



धनगढीमा आज भएको आफ्नो चौथो अधिवेशनको अवसरमा प्याब्सनले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा शिक्षाविद् एवम् सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, शिक्षासेवी कैलाशप्रसाद दाहाल रहनुभएको छ ।


त्यसैगरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी, शिक्षासेवी डिल्लीराज जोशी सम्मानित हुनु भएको छ । गृहमन्त्री रमेश लेखकले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।