नेपालभर थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं, १२ भदौ- पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९ पीसीआर परीक्षणमा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टिजेन परीक्षणमा ३ सय ४१ जना गरी १ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

Dadeldhura hospital

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार २ सय २२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ७०, ललितपुरमा १ सय १२ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा १ सय २४, सुनसरीमा १ सय १८, झापामा १ सय १५, चितवनमा १ सय १२, मोरङमा ७५, मकवानपुरमा ५८, सुर्खेतमा ४७, रुपन्देहीमा ४२, तनहुँमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

Navadurga sun
Godawari sandesh

देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३६ हजार ८ सय ६६ रहेको छ । जसमध्ये ३३ हजार ८ सय ३५ जना होम आइसोलेसनमा र ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Loading...