धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरमा राजेश बिकले चलाएको से ५ प ५४१ नम्बरको मोटरसाइकले १२ वर्षीय रमीत न्यौपानेलाइ ठक्कर दिँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते रमीतको बर्दगोरिया अस्पताल प्राली बौनियामा उपचार भइरहेको जनाइएको छ ।
