धनगढीमा हरेक टोलमा नेकपा एमालेले जरा केन्द्रित अभियान सञ्चालन गर्ने

धनगढी- धनगढी उप-महानगरपालिकाका हरेक टोलमा नेकपा एमालेले जरा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आइतबार नेकपा एमाले धनगढी स्थित पार्टी कार्यालयमा बसेको पार्टी धनगढी उपमहानगर कमिटिको बैठकले सम्पुर्ण वडा र टोलमा जरा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

केन्द्रको सर्कुलर अनुसार उपमहानगरका हरेक वडा र टोलमा आगामी चैत भित्र टोल सम्मै जरा केन्द्रित अभियान सम्पन्न गर्ने निर्णय गरेको हो । उपमहानगर कमिटि अध्यक्ष अम्बिका बिष्ट मल्लको अध्यक्षतामा बसेको बैठकले जरा केन्द्रित अभियान सगैं अन्य बिभिन्न निर्णय गरेको छ ।

Navadurga sun

उपमहानगर कमिटिले यो अभियान सगैं दोब्बर सगंठित सदस्य बनाउने पनि निर्णय गरेको उप सचिव जनक ढकालले जानकारी दिए । यसका साथै उपमहानगर कमिटिले २१ सदस्यीय सचिवालय बनाएको छ ।

कमिटिले १९ जना थप सदस्य मनोनित गर्दै कमिटिलाई पुर्णता दिएको ढकालले बताए । पार्टीको निर्देशन अनुसार धनगढीमा सगंठन बिस्तारका कार्यलाई चुस्त दुरुस्त बनाउने गरी छलफल भएको उनले बताए ।

बैठकमा नेकपा नेकपा एमाले पोलिट्ब्युरो सदस्य लिला भण्डारी, सुदुरपश्चिम प्रदेश कमिटि सचिव रण बहादुर चन्द, कैलाली जिल्ला कमिटि अधयक्ष यज्ञ ढुगांना, प्रदेश कमिटि सचिवालय सदस्य नेपालु चौधरी, सदस्य तिर्थ भट्टराई लगायत नेताहरु सहभागी थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...