गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले चौथो वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिका-११, विसन्द्रपुर, ओलानीमा गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Ganyapdhura gau

उक्त कार्यक्रममा गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर विकको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए।

Navadurga sun

त्यस्तै विशिष्ट अतिथिमा वडा नं. १२ का अध्यक्ष भीम बहादुर खड्का, वडा नं. ११ का अध्यक्ष प्रेम सिंह बडैला, खानेपानी विभाजन कार्यालयका गणेश भट्ट तथा अन्य स्थानीय समाजसेवी, बुद्धिजीवी र उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।

रोटरी क्लब धनगढीको सहयोगमा २०८० सालमा निर्माण भएको यो खानेपानी आयोजनाबाट हाल १ हजार ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । समितिका अनुसार १ हजार ५ सय घरधुरीले खानेपानी सेवा प्रयोग गरिरहेका छन् । वडा नं. ११ र १२ का नागरिकहरू यो सेवा प्रयोग गर्दै आएका छन् ।

Dadhaldhura pur

यस आयोजनाले विसन्द्रपुर, गणेशपुर, राम मन्दिर, पटकानी, कालिका, शेलेश्वरी, गौडी लगायतका क्षेत्रमा समेत पानी वितरण गरि रहेको अध्यक्ष विकले जानकारी गराएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिरेन्द्र भट्टले खानेपानी आयोजनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै थप सुविधा वृद्धि गर्न जेनेरेटरसमेत प्रदान गर्ने घोषणा गर्नु भएको छ । साथै, उहाँले समग्र वडा नं. ११ र १२ को समुचित विकासका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

गोदावरी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष प्रेम बडैलाले भने, “जनप्रतिनिधिले विकास र समृद्धिका लागि काम नगरेका होइनन्, कोहीले धेरै गरेका छन्, कोहीले थोरै । मुख्य कुरा जनताले मूल्यांकन गर्ने हो ।”

गोदावरी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष खड्काले सडक, पानी र सिँचाइको विकासलाई प्राथमिकतामा राख्दै काम भइरहेको बताएका छन् । उनका अनुसार फल्टुडे सम्मको सडक निर्माणका लागि नगरपालिकाका मेयर सक्रिय छन् । साथै, शिक्षा, स्वास्थ्य र समृद्धिको क्षेत्रमा समेत सक्दो प्रयास भइरहेको उल्लेख गर्दै जनताको घरदैलोमा पुग्दा स्थानीय समस्याहरू प्रत्यक्ष बुझ्न सकिएको बताए ।

कार्यक्रम सञ्चालन सचिव कुमार सिंह बडैलाले गर्नु भएको थियो भने स्वागत मन्तव्य कर्ण बहादुर विकले प्रस्तुत गर्नुभएको थियो । वार्षिक प्रतिवेदन समितिका अध्यक्ष कृष्ण बहादुर विकले प्रस्तुत गर्नुभएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...