नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १० भदाै– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशभरिका शुभेच्छुक तथा कार्यकर्ताको भावना अनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् ।

पार्टीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू अप्ठ्यारोमा पर्ने भएकाले मात्र विगतमा पार्टी दर्ता नगरेको बताए ।

Navadurga sun

अध्यक्ष नेपालले हाल परिस्थितिमा परिवर्तन आई एमाले अध्यक्ष केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास मिलेको र अब पार्टीको क्रान्तिकारी धार सबै एक भएर अगाडी बढ्ने बताएका छन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष के पी शर्मा ओली व्यक्तिवादीमा चुर्लुम्म डुबेपछि विद्रोह गरेर नयाँ पार्टीका गठन गर्नुको विकल्प आफूहरूसँग नरहेको स्पष्ट समेत पारेका छन् ।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने पनि बताए । उनले अब पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने उल्लेख गरे । नेकपा एमालेमा भएका अर्बौँका सम्पत्तिबारे पार्टीले दाबी गर्छ कि, गर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले त्यस विषयमा कानुनअनुसार अगाडि बढ्ने बताए । अध्यक्ष नेपालले राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको चयन गरिने जानकारी दिएका छन्।

पहिलादेखि साथ दिएका कतिपय नेताहरूले अहिले साथ छाडेको भन्दै अध्यक्ष नेपालले अहिले देशव्यापी रुपमा कार्यकर्ता नेताहरू पार्टीका समाहित हुने क्रम बढ्दै गएको बताए । उनले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको उल्लेख गर्दै पूर्वपश्चिम रेलमार्ग र पानी जहाजका कुरा क्रमिक रुपमा हुँदै जाने भएकाले अहिले सञ्चालनमा ल्याउन सकिने रेललाई मात्र सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले सडक सञ्जालको सुधार एवं बिस्तार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा समेत जोड दिनुपर्ने कुरा बताएका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...