बाजुरा- बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए ।
बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो । बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।