जनगायक जेबी टुहुरेको निधन





काठमाडौँ, १० भदाै– जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान १२ः३० बजे निधन भएको जनसाँस्कृतिक महासङ्घ नेपालका संयोजक सरल सहयात्रीले जानकारी दिए ।


केही दिनअघि मतिष्कघात भएर उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई कलंकीस्थित घरमा एक्कासि लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत रहेका थिए ।



